२०८३ कार्तिक १४ गते शुक्रबार

तेस्रो सिजन नफाप्ने माउरिन्होलाई रोमाले किन गर्‍यो बर्खास्त?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २
jose

काठमाडौँ- क्लबलाई पहिलो यूरोपियन ट्रफी (कन्फ्रेन्स लिग) दिलाएपछि रोमा समर्थकले पुर्तगाली प्रशिक्षक जोसे माउरिन्होको खुब प्रसंशा गरे। तर यो सिजनमा रोमाको प्रदर्शन खराब थियो।

आइतबार राति सानसिरोमा किक-अफ भन्दा पहिला माउरिन्होको आलोचना भएको थियो। जुन आश्चर्यजनक थिएन। उनको टोली एसी मिलानविरुद्ध उत्रिएको थियो। तर रोमाले ३-१ को हार व्यहोर्‍यो। खेलपछि स्ट्राइकर एन्डिया बालोटीले स्वीकार गरे, ‘हामी सबैभन्दा तल्लो स्तरमा पुग्यौँ।’

माउरिन्होले प्रतिक्रिया दिएनन्। अघिल्लो खेलमा रेड कार्ड पाएका कारण उनी टचलाइनमा उपस्थित थिएनन्। तर पनि उनी आलोचनाभन्दा बाहिर रहन सकेनन्। सन् २०२१ मा रोमाको कमान्ड सम्हालेयता पहिलो पटक समर्थकले माउरिन्होको रणनीतिमाथि प्रश्न उठाउन सुरु गरेका थिए।

एक निराश प्रशंसकले लेखे, ‘माउरिन्होले हामीलाई बर्बाद गरिदिए।’

यो निकै भयानक आरोप थियो। यसले रोमामा माउरिन्होको नेतृत्व संकटमा रहेको संकेत गरेको थियो।

रोमाको प्रशिक्षण सम्हाल्न रोम पुग्दा ‘स्पेसल वान’ (माउरिन्हो)लाई भगवानलाई झैं भव्य स्वागत गरिएको थियो। लामो समयदेखि निराशामा बाँचिरहेका समर्थकले माउरिन्होलाई एक रक्षकका रुपमा चित्रित गरे। माउरिन्होले समर्थकको विश्वासलाई तोडेनन्। उनले क्लबलाई पहिलो पटक यूरोपियन ट्रफी (कन्फ्रेन्स लिग) दिलाए। स्टेडियो ओलम्पिकोमा माउरिन्होले  पहिलो सिजनको सुखद् अन्त्य गरे।

माउरिन्हो रोमाका मसिहाझैं बनेका थिए। यद्यपि खेल शैलीमा केही कमजोरी थिए। जसलाई लिएर बेलाबखत चिन्ता पनि प्रकट गरिन्थ्यो।

पछिल्लो ६ महिनायता भने क्लबका समर्थक चिन्तित बन्न थालेका थिए। कतै माउरिन्हो तेस्रो सिजनमा बर्खास्तीमा त पर्दैनन्! यसअघि उनले जति पनि क्बल सम्हालेका छन्, अधिकतर क्लबमा उनी तेस्रो सिजनमा बर्खास्तीमा परेका छन्। खासगरी सन् २०२३-२४ को सिजनमा रोमामा सबै कुरा ठिक चलिरहेको थिएन, खासगरी पर्दा पछाडि।

सानसिरोमा आइतबारको हारपछि रोमाले पछिल्ला ६ लिग खेलमा केवल एक खेल जितेको थियो। रोमा सिरी ए को अंक तालिकामा नवौं स्थानमा थियो।

यस्तै, अघिल्लो साता मात्रै लाजियोले रोमालाई कोपा इटालियाबाट आउट गराइदिएको थियो। गेजेटा डेलो स्पोर्टले सोमबार लेखेको थियो- क्लब गहिरो संकटमा थियो। पत्रकार, समर्थकले सोध्न थालेका छन्- के अझैपनि रोमाको नेतृत्व गर्न माउरिन्हो सही व्यक्ति हुन्?

मिलानको यात्राभन्दा पहिला नै गाइँगुइँ चल्न थालेको थियो- क्लबका अमेरिकी मालिक द फ्रिडकिन ग्रुप माउरिन्होलाई बर्खास्त गर्ने र क्लबका लिजेन्ड डेनियल डी रोसीलाई कमान्ड सुम्पने तयारीमा छ।

अर्को पनि चर्चा चलेको थियो- मिलानसँगको पराजयपछि माउरिन्होले खेलाडीसँग आफू राजीनामा दिन तयार रहेको बताएका थिए। किनकि उनका कुरा क्लबमा सुन्न छाडिएको थियो। लाजियोसँगको पराजयपछि उनले टिमको बैठक राखेका थिए, जुन बैठक निकै कठोर थियो। बैठकमा केही व्यक्तिहरुको कडा आलोचना गरिएको थियो। उनले केही खेलाडीले पर्याप्त योगदान दिन नसकेको बताएपनि नाम भने लिएनन्। केही खेलाडीले गरिररहेको प्रयासका बारेमा भने उनले खुसी प्रकट गरेका थिए। उनले सिरी ए को शीर्ष चारमा स्थान बनाउन आफूसँग पर्याप्त समय, संशाधन र रणनीति रहेको बताएका थिए।

उनले पटक-पटक आफ्नो टिमको संकट (खासगरी चोट)को विषयमा बोलेका थिए। पाउलो डिबालासँग सम्बन्धित विषयमा बोलेका थिए। उनले टिमका प्रतिभाशाली २१ नम्बरधारी डिबाला बिनाको टिम टिमजस्तो नरहेको स्विकार गरेका थिए।

यस्तोमा केहीले तर्क गर्न सक्छन्- फिटनेसका मामलामा यतिबिघ्न खराब रेकर्ड भएका खेलाडीमाथि अधिक भरोसा राख्नु विनाशको संकेत हो। तर रोमाको कमजोरीबारे माउरिन्हो जानकार थिए। फिटनेसको कमजोरी होस् वा प्रतिभाशाली खेलाडीको कमीका बारे माउरिन्हो भुक्तभोगी हुन्।

उनले अघिल्लो साता मात्रै भनेका थिए- हामी लक्ष्य (च्याम्पियन्स लिग फुटबल)बाट चार अंक मात्रै टाढा छौँ। हामी यसबारे कुरा गर्दैनौँ। बरु जो कोहीले यसलाई असम्भव भनिरहेका छन्। जब तपाईँले ती टिमको क्षमता हेर्नुहुन्छ, जो वास्तवमा शिर्ष चारमा रहन चाहान्छन्, तब हाम्रो तुलाना  हामीसँग गर्न सक्नुहुन्न। तर यो रोमा हो। रोमाका जस्ता अविश्वसनीय समर्थक मैले देखेको छैन। उनीहरुले मलाई जोसे ह्यारी पोटर माउरिन्हो भन्छन्, न कि जोसे माउरिन्हो फेलिक्स।

माउरिन्होले रोमा चोटबाट नराम्रोसँग थलिएको तर्क गरेका थिए। उनको यो तर्क निःसन्देह सत्य थियो। मिलानविरुद्धको खेलमा ९ खेलाडी चोटबाट थलिएका थिए। उनले यो तर्क पनि गरेका थिए- रोमा म्यानचेस्टर सिटी वा चेल्सीको जस्तो खेलाडीमा पैसा खर्च गर्न सक्ने स्थितिमा छैन। उनको यो तर्क पनि सत्य हो।

यद्यपि सिरी ए का अन्य टिमले कम खर्च गरेपनि राम्रो प्रदर्शन गरिरहेका छन्। जस्तैः फियोरेन्टिना, लाजियो, बोलोग्न र एटलान्टा। यी टोलीले रोमाको भन्दा धेरै अंक जोडेका छन्। र यो सिजन रोमाले २० खेल खेल्दा इतिहासकै दोस्रो कम अंक जोडेको छ। सन् २००२-०३ को सिजनमा २० खेल खेलेर सबैभन्दा कम  २७ अंक जोडेको रोमाले चालू सिजनमा समान खेल खेलेर २९ अंक जोडेको छ।

फ्रिडकिन ग्रुपसँग माउरिन्होलाई बर्खास्त गर्ने अधिकार थियो। आश्चर्यको कुरा के छ भने उनीहरुले आफ्नो नाजुक आर्थिक स्थितीलाई हेरेर यस्तो गरेको भन्दा पनि तत्काल उत्पन्न भएको परिस्थतिका कारण उप‍युक्त निर्णय लिएको बताइरहेका छन्।

निःसन्देश, रोमामा उत्पन्न समस्याको पूर्णजिम्मेवार माउरिन्होलाई ठहर्‍याउन मिल्दैन। टियागो पिन्टोले पनि अर्को महिना देखि क्लब छाड्दैछन्। खेल निर्देशक पिन्टोले क्लब छोड्न लागेको खबरले समर्थकलाई पनि दुःखी बनाइदिएको छ। उनले तीन वर्षको कार्यकालमा ट्रान्सफर मार्केटमा गज्जबको काम गरेका छन्। उनले डिबालादेखि लुकाकुसम्मलाई क्लबमा भित्र्याएका थिए।

रोमाले प्रशिक्षक फेर्ने निर्णय लिइसकेको छ। इतिहासको पहिलो यूरोपियन ट्रफी जिताएका र यूरोपा लिगको फाइनलसम्म टोलीलाई पुर्‍याएका प्रशिक्षक बर्खास्तीमा परेका छन्। यस्तोमा समर्थकमा निराशा छाउनुपर्ने हो। तर, खराब फुटबल, खराब परिणाम र टचलाइनमा बेलाबखतमा देखिने गरेका खराब आचरणका कारण माउरिन्होप्रतिको सहानुभूतिको कमी देखिएको थियो। केहीले टिप्पणी गर्छन्- माउरिन्होले रेफ्री र विपक्षी टिमसँग झगडा गर्ने समय र ऊर्जा टिम निर्माणमा लगाउनुपर्ने थियो, त्यसो गरेनन्।

-एजेन्सीको सहयोगमा

प्रकाशित: २०८० माघ २ गते मङ्गलबार ०४:५५
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना