काठमाडौँ- सरकारले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद् समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो विधेयक संघीय संसद समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो।
बैठकले डा मल्ललाई गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सरकारले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ११ पुसमा डा. मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए।
यस्तै नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेश चन्द्र न्यौपानेलाई मनोनयन गरेको छ।


