काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्माण सुस्त भइरहेका आयोजना केन्द्रित दबाब यात्रा गर्ने भएको छ। गएराति सकिएको केन्द्रीय समितिको बैठकले प्रारम्भिक सूची सार्वजनिक गरेको छ। रास्वपाले सार्वजनिक गरेका प्रारम्भिक सूचीमा २७ आयोजना रहेका छन्।
प्रारम्भिक चरणमा २७ आयोजनालाई प्राथमिकताको सूचीमा राखेको रास्वपाले आयोजनाहरुबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मिति समेत प्रस्ताव गर्न ६ सदस्यीय कार्यदल गठन गरेको छ।
कार्यदलमा श्रीराम न्यौपाने, विपिन कुमार आचार्य,, प्रतिभा रावल, शिशिर खनाल, कृष्ण भेटुवाल र खुस्बु सरकार श्रेष्ठ छन्।
दबाब कार्यक्रम गर्ने आयोजनाको प्रारम्भिक सूचीमा गल्छी–रसुवागढी सडक, धरहरा र मेलम्ची खानेपानी आयोजना लगायत छन्।
विभिन्न मितिमा ठेक्का लागे पनि निर्माण निकै सुस्त रहेका आयोजना छिटो पूरा गर्न दबाब दिने उद्देश्यले दबाब यात्रा गर्न लागेको हो। यसअघि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा नारायणगढ–बुटवल सडकखण्डमा पदयात्रा गरेको रास्वपाले थप आयोजनाहरुको सूची पनि सार्वजनिक गरेको हो।
रास्वपाले दबाब यात्रा गर्न छनोट गरेका आयोजनाहरुको प्रारम्भिक सूची यस्तो छ

