काठमाडौँ- असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलन आजदेखि सुरु हुने भएको छ। सम्मेलनको पहिलो दिन नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दैछन्।
प्रधानमन्त्री प्रचण्ड सम्मेलनमा भाग लिन बिहीबार युगान्डा गएका थिए। ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगान्डा गणतन्त्रको राजधानी कमपालामा भोलिसम्म चल्नेछ।
प्रधानमन्त्री प्रचण्ड आजै युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना हुने राजकीय भोजमा सहभागी हुने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी माघ ७ गते बिहान ९ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ।


