काठमाडौँ- आईसीसी यू-१९ विश्वकपमा नेपालले आज आफ्नाे पहिलो खेल खेल्ने भएको छ। दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गतको पहिलो खेल टेस्ट टोली न्युजिल्यान्डसँग खेल्ने छ। खेल नेपाली समय अनुसार दिउसो १ः४५ मा हुने छ।
देव खनाको कप्तानीमा रहेको नेपाली टोलीलाई समूह डी बाट शीर्ष ३ मा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा दुवै टोलीलाई निकै महत्वपूर्ण हुनेछ।
नेपालले यू–१९ विश्वकप इतिहासमा हालसम्म न्युजिल्यान्डसँग हारेको छैन। २ पटक खेल्दा दुवैमा नेपाल विजयी भएको छ।
२००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल ३२ रनले विजयी भएको थियो। सिनियर टोलीले विश्वकपमा सानदार प्रदर्शन गरे पनि यू–१९ भने तुलनात्मक रुपमा न्युजिल्यान्डको प्रदर्शन कमजोर रहँदै आएको छ।
यू–१९ मा पछिल्लो एक वर्षमा देवले तीन र अर्जुनले दुई शतक हानेका छन्। टोलीका सबैभन्दा भरपर्दा यी दुई ब्याटरबाट नेपाल आज ठूलो इनिङ चाहन्छ।
नेपालको टोली :
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश कंडेल विशालविक्रम केसी, सुवाश भण्डारी, दीपक बोहरा, दिपक बोहरा, उत्तम रंगु थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलकराज भण्डारी, आकाश चन्द ।


