काठमाडौं – युरोपको सबैभन्दा एलिट फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखलाई म्यानचेस्टर सिटीले ३–० ले हराएको छ। सिटीको इतिहाद रंगशालामा मंगलबार राति सम्पन्न भएको खेलमा घरेलु टिमले सहज जित निकालेको हो।
सिटीलाई जित दिलाउनका लागि रोड्रि, बर्नान्डो सिल्वाल र इलिङ हाल्यान्डले समान १–१ गोल गरेका थिए। प्रतिस्पर्धात्मक खेलको २७ औं मिनेटमा गोल गर्दै सिटीले सुरुआति अग्रता बनाएको थियो। जहाँ बर्नान्डोको सापमा रोड्रिले गोल गरेका थिए।
दास्रो हाफका ७० औं मिनेटमा हाल्यान्डको पासमा बर्नान्डोले गोल गरे भने स्टोन्सले दिएको पासमा ७६ औं मिनेटमा नै हाल्यान्डले गोल गरेका थिए। यो गोलसँगै हाल्यान्डले यो सिजन ४५ गोल पुरा गरेका छन्।
खेलमा पाहुना टिमले ५६ प्रतिसत समय बलमा नियन्त्रण बनाए पनि गोल गर्न सकेन।
च्याम्पियन्स लिगकै गएरातिको अर्को खेलमा चो बेन्फिकाले इन्टर मिलानसँग २–० को हार बेहोरेको छ। इन्टरलाई जित दिलाउन ब्यारेला र लुकाकुले गोल गरेका थिए।


