काठमाडौँ- बिहीबारदेखि माघ महात्म्यअन्तर्गत ‘श्री स्वस्थानी व्रतकथा’ प्रारम्भ भएको छ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिनासम्म स्वस्थानी व्रत र माघस्नान गरिन्छ।
पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको व्रत सुरु गरिन्छ।




















