२०८३ कार्तिक १२ गते बुधबार

राष्ट्रिय सभा : पहिलोबाट तेस्रोमा झर्‍यो एमाले, यस्तो बन्यो दलीय उपस्थिति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ११
5999

काठमाडौं- बिहीबार सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। मत परिणामसँगै राष्ट्रिय सभामा दलहरुको उपस्थितिको हिस्सासमेत परिवर्तन भएको छ।

बिहीबारको निर्वाचनबाट माणवादीका ५ जना निर्वाचित भएसँगै नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ। यसअघि माओवादी केन्द्रका १५ जना सांसद थिए। फागुन २० मा ३ जना बिदा हुने र बिहीबार निर्वाचित ५ जना थपिँदा राष्ट्रिय सभामा माओवादी केन्द्रको हिस्सा १७ सिट कायम हुने भएको छ। यो सबैभन्दा बढी हो।

बिहीबार कांग्रेसका १० जना निर्वाचित हुँदा एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना निर्वाचित भए।

यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए। फागुन २० गते ४ जना बिदा भएपछि ६ जना रहनेछन्। बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ।

अहिले राष्ट्रियसभामा १८ सांसद रहेको एमालेका ९ सांसद फागुन २० मा बिदा हुँदैछन्। बिहीबारको निर्वाचनबाट कोशी महिलाबाट एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकाले राष्ट्रिय सभामा एमालेका १० सांसद हुने भएका छन्।

हाल एकीकृत समाजवादीका ८ जना छन्। फागुन २० गते दुई जना बिदा हुने र बिहीबार निर्वाचित पनि दुवै जना भएकाले नेकपा एसको अवस्था यथावत रहने भएको छ।

जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल २० फागुनमा सकिँदैछ। बिहीबारको निर्वाचनबाट जसपाका एक जना निर्वाचित भएकाले उसको पनि अवस्था यथावत छ।

राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको पनि कार्यकाल फागुन २० मा सकिनेछ। यो ठाउँमा जनमोर्चाकाी दुर्गा पौडेललाई ल्याउने सत्ता गठबन्धनको तयारी छ। यसो भएमा राष्ट्रिय सभामा जनमोर्चाका दुई सांसद हुनेछन् ।

लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन्। यसरी माथिल्लो हाउसमा सात दलको उपस्थिति रहने छ।

वामदेव गौतम स्वतन्त्रको हैसियतमा राष्ट्रिय सभामा छन्।

कोशीमा फ्लोर क्रस
कांग्रेस नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्।

कोशी प्रदेशमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका सिटौला एमाले-राप्रपा गठबन्धनबाट उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका हुन्।

सिटौला पाँच हजार दुई सय ९२ मतभारसहित निर्वाचित भएका हुन्।

कोशीमा नेकपा एमाले र राप्रपा गठबन्धनबाट राप्रपाका उद्धव पौडेल पराजित भए।

एमालेकाे समर्थन पाएका राप्रपा उम्मेदवार उद्धव पौडेलले चार हजार ५६२ मतभार ल्याएका छन्।

कोशीमा गठबन्धनबाट नै उम्मेदवार बनेकी चम्पादेवी कार्की भने पराजित भइन्। एमाले-राप्रपा गठबन्धनबाट उम्मेदवार बनेकी रुक्मिणी कोइरालाले चम्पालाई पराजित गरिन्। कोशीमा गठबन्धनका मतदाताले नै एमाले उम्मेदवारलाई मतदान गरेको देखिएको छ।

मधेश
राष्ट्रियसभा सदस्यको मधेश प्रदेशबाट सत्ता गठबन्धनका आनन्द ढुङ्गाना र पूजा चौधरी निर्वाचित भएका छन्।

अन्य समूहतर्फ निर्वाचित ढुङ्गाना नेपाली कांग्रेस र महिला समूहतर्फ निर्वाचित चौधरी जसपाकी हुन्।

ढुङ्गानाललाई प्रदेशसभाका ६७ सांसद र पालिकाका २०१ प्रमुख/उपप्रमुखले मतदान गरे।चौधरीलाई प्रदेशसभाका ७६ सांसद र पालिकाका २०५ प्रमुख/उपप्रमुखले मतदान गरे।

बागमती
राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशका चार वटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। महिलातर्फ नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी विजयी भइन्। उनले ६ हजार ६२२ मतभार सहित विजयी भइन्। एमालेकी उम्मेदवार रोचकुमारी चौलागाईंले दुई हजार ५५२ मतभार ल्याइन्।

दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्मा निर्वाचित भए। उनले ६ हजार ५१२ मतभार प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका उम्मेदवार ध्रुवराज विश्वकर्माले ३ हजार ५२ मतभार प्राप्त गरे।

अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार जीतजंग बस्नेत ६ हजार ५३१ मतभार ल्याएर विजयी हुादा एमालेका त्रिलोचन निर्मल पौडेल दुई हजार ३५९ मतभारसहित पराजित भए। ल्पसंख्यक तथा अपांगतातर्फ माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी निर्वाचित भए। उनले नेकपा एमालेका उम्मेदवार विवेक देवकोटालाई पराजित गरे। अधिकारीले ६ हजार ४३६ मत प्राप्त गर्दा प्रतिस्पर्धी देवकोटाले दुई हजार ७३४ मत ल्याए।

गण्डकी
गण्डकीमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भए। कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र माओवादीबाट पर्वतकी मनरुपा शर्मा निर्वाचित भएका हुन्।

श्रेष्ठले ३ हजार ८०८, मनरुपाले ३ हजार ६६० र परियारले ३ हजार ७७९ मतभार पाए।

एमालेका अन्यतर्फका उम्मेदवार चक्रबहादुर पराजुलीले २ हजार ४७७, अपांगता/अल्पसंख्यकतर्फ एमालेका हेमन्द्र शेरचनले २ हजार ४५८ र महिलातर्फ सम्झना देवकोटाले २ हजार ५५३ मतभार पाइन्।

एमालेबाट जितेका ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली अनुपस्थित हुँदा कुल मतभार २ हजार ४३९ हुन्छ। तर, एमालेका सबै उम्मेदवारले उक्त मतभन्दा बढी मत पाएको देखिएको छ।

गण्डकीमा स्थानीय तह र प्रदेशमा जितेका प्रतिनिधिहरुको अंकगणितअनुसार सत्ता गठबन्धनको ३ हजार ८२७ मतभार थियो। तर गठबन्धनका सबै उम्मेदवारले कम मत प्राप्त गरेको देखिएको छ। २ सांसद रहेका राप्रपाबाट २ उम्मेदवार थिए। उसको पक्षमा २ जनाकै मतभार १०६ देखिएको छ।

लुम्बिनी
लुम्बिनी प्रदेशबाट महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदी निर्वाचित भए।

सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताए।

माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी अन्यतर्फ निर्वाचित भएका हुन्। रोल्पाका सुवेदीले नेकपा एमालेका झपेन्द्र जीसीलाई पराजित गरे।

लुम्बिनी प्रदेशमा १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना र प्रदेशसभाका ८७ जना सांसद मतदाता थिए । ३०५ जना मतदाता रहेकोमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मतमध्ये २१६ मत गरी ३०३ मत खसेको थियो ।

कर्णाली
कर्णालीबाट गठबन्धनका उम्मेदवारहरू महिला समूहतर्फ दैलेखकी सावित्री मल्ल, दलित समूहतर्फ कालिकोटका विष्णु विक र अन्य समूहतर्फ रुकुम पश्चिमका कृष्णबहादुर रोकाया विजयी भए। मल्ल एकीकृत समाजवादीकातर्फबाट, विक माओवादी केन्द्रकातर्फबाट र रोकाय नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार बनेका थिए।

प्रदेशसभाका ४० सांसद मध्ये महिलातर्फ गठबन्धनकी मल्लले २९ जनाको मत प्राप्त गरिन् भने स्थानीय तहतर्फ ११५ जनाको मत प्राप्त गरिन्। प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार हुम्लाकी विमला शाहीले प्रदेशसभातर्फ ११ जनाको र स्थानीय तहतर्फ ४१ जनाको मत प्राप्त गरिन्।

यस्तै दलित समूहतर्फ गठबन्धनका उम्मेदवार विकले प्रदेशसभातर्फ २९ जनाको र स्थानीय तहतर्फ १२० जनाको मत प्राप्त गरे। प्रतिद्वन्द्वी एमाले उम्मेदवार दैलेखका हिक्मतबहादुर विकले प्रदेशसभातर्फ ११ जनाको र स्थानीय तहतर्फ ३६ जनाको मत प्राप्त गरे।

अन्यतर्फ गठबन्धन दलका उम्मेदवार रोकायले प्रदेशसभाका ३० जना सदस्यको र स्थानीय तहतर्फ १२० जनाको मत प्राप्त गरे। उनका प्रतिस्पर्धी एमाले उम्मेदवार मुगुका डिल्लीप्रसाद भट्टले प्रदेशसभातर्फ १० र स्थानीय तहतर्फ ३६ मत प्राप्त गरे।

कर्णाली प्रदेशसभाका ४० मतदातामध्ये एमालेका १० छन् भने गठबन्धनका २९ मतदाता छन्। यस्तै राप्रपाका एक मतदाता छन्। राप्रपाले एमाले उम्मेदवारलाई सघाएको थियो। स्थानीय तहतर्फ एमालेका ३५ मतदाता हुन्।

गठबन्धनका स्थानीय तहका ६ जना मतदाताले महिलातर्फ एमालेलाई भोट दिएको देखिएको छ। दलित र अन्यतर्फ गठबन्धनका एक/एक जनाले एमाले उम्मेदवारलाई भोट दिएका थिए।

सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशमा एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनबाट महिलातर्फ माओवादीकी रेणु चन्द, अपांगतातर्फ कांग्रेसका नारायण भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा निर्वाचित भएका छन्।

प्रदेशसभातर्फ ५२ जना र स्थानीय तहका १७५ जना प्रमुख-उपप्रमुख मध्ये १७३ जनाले मतदान गरेका थिए।

प्रदेशसभातर्फ महिलातर्फकी उम्मेदवार चन्दले ४१ मत पाइन् भने स्थानीय तहतर्फ १२० मत पाइन्। उनकी प्रतिद्वन्द्वी एमालेकी सावित्रादेवी घिमिरेले प्रदेशसभातर्फ ११ र स्थानीय तहतर्फ ५२ मत प्राप्त गरिन्।

अपांगतातर्फ कांग्रेसका नारायणदत्त भट्टले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ १२१ मत पाए। उनका प्रतिद्वन्द्वी एमालेका रामचन्द्र जोशीले प्रदेशसभाको ११ मत र स्थानीय तहतर्फ ५२ मत पाए।

अन्यतर्फ विजयी भएका कांग्रेसका बोहराले प्रदेशसभातर्फ ३९ मत पाए भने स्थानीय तहतर्फ ११९ मत पाए। उनका प्रतिद्वन्द्वी एमालेका ईश्वरीप्रसाद खरेलले प्रदेशसभाको १३ मत र स्थानीय तहतर्फ ५३ मत पाए।

महिलातर्फ विजयी भएकी माओवादीकी चन्दले ४ हजार ४५३ कुल मतभार पाइन्।  अन्यतर्फका बोहराले ४ हजार ३२८ मतभार पाएर विजयी भए। आपांगतातर्फ कांग्रेसका भट्टले प्रदेशसभातर्फ ४ हजार ४१९ मतभार पाएर विजयी भए।

प्रदेशसभाको मतभार ५३ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ कायम गरिएको छ।

प्रकाशित: २०८० माघ ११ गते बिहिबार ०७:०५
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना