काठमाडौँ- धरहरासँगै निर्माणधीन पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सुरु भएको छ।
काठमाडौँ महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि पार्किङ खुला गरिएको हो।
सवारी चालकलाई सहज पार्किङस्थलको विकल्पको रुपमा धरहरामा पार्किङ सुरु गरेको महानगरपालिकाले जानकारी दिएको छ।










