काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले ज्ञानेन्द्र दरबार हत्याकाण्डबारे अफवाह फैलाएको बताएका हुन्।
उनले कुशको बाहुन बनाएजस्तो मात्र ज्ञानेन्द्र राजा बनाइएको बताए।
ओलीले तत्कालीन युजराज दीपेन्द्रले दरबार हत्याकाण्ड गरायो भन्ने तर्क वाहियात भएको जकिर गरे।
‘त्यो षड्यन्त्रले तत्काल राजा, रानी, युवराज, राजकुमार, अधिराजकुमारी अन्त्य गर्यो। राजतन्त्र समाप्त गर्यो,’ उनले भने, ‘ज्ञानेन्द्र शाह राजा होइन। बाहुनले बाहुन भनेर टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै कुशको राजा हुन्।’
राजाको जेठो छोरा राजा हुने व्यवस्था भएपनि कान्छो छोराछोरी समेत मारिएकाले त्यही बेला राजतन्त्र समाप्त भएको उनको भनाइ थियो।


