२०८३ कार्तिक १२ गते बुधबार

नेपाल र चीनको सम्बन्धमा अन्य मुलुकले खेल्न खोजे : चिनियाँ उपमन्त्री

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १४
china

काठमाडौँ- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल र चीनको सम्बन्धमा अन्य मुलुकले खेल्न खोजेको बताएकी छन्।

नेपालको तीन दिने भ्रमणका क्रममा आइतबार काठमाडौँमा विभिन्न राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो रहेको बताउँदै अन्य केही मुलुकले यस्तो देख्न नचाहेको बताएकी हुन्।

उनले नेपाल भ्रमणमा आएर राजनीतिक दलसँग संयुक्त परामर्श गर्नुको कारण दुई देशबिचको सम्बन्धलाई सुमधुर बनाउनु रहेको बताइन्। उनले दुवै देशका राष्ट्राध्यक्षले सम्बन्धलाई सुदृढीकरण गर्न प्रयासरत रहेको भन्दै सहमति र समझदारी पत्रमा भएको हस्ताक्षरले पनि दुई देशबिचको सम्बन्ध प्रगाढ बनाएको बताइन्।

‘मैले यसपटक सीपीसीको नेतृत्व गर्दै धेरै भेटघाट गरेँ। हाम्रो राजदूतले पनि धेरै मेहनतका साथ काम गरिराख्नु भएको छ,’ उनले भनिन्, ‘नयाँ युगमा चीन नेपाल सम्बन्धलाई कसरी राम्रो बनाउने र सहकार्य गर्न भन्नेमा हामीले काम गर्न जरुरी छ।’

उनले नयाँ परिस्थितिमा नेपाल चीन सम्बन्ध कस्तो बनाउने? त्यसमा राजनीतिक दलको भूमिका कस्तो हुने ? भन्ने विषयमा पनि गृहकार्य गर्नुपर्ने आवश्यकता औँल्याइन्।

‘नेपालमा चिनियाँ पर्यटक धेरै आउनुभएको छ। यो नेपाललाई पनि महसुस भएको हुनुपर्छ,’ उनले भनिन्, ‘तर एउटै क्षेत्रमा मात्रै भर पर्नुहुँदैन। म नेपाल आउनुअघि चिनियाँ उद्यमीसँग छलफल गर्दा नेपालमा लगानी गर्नुपर्ने कुरा राखेको थिएँ। तर त्यसका लागि यहाँ नीतिगत सुधारको जरुरी छ।’

उनले छिमेकी मुलुकका विकास पूर्वाधारमा चीनले लगानी गरेको र त्यसको एउटा उदाहरण इन्डोनेसिया भएको बताइन्। साथै, कोभिड मात्रै नभै विभिन्न कारणले नेपालमा चिनियाँ लगानीमा सम्पन्न भइरहेका योजना सम्पन्न गर्न ढिलाइ भइरहेको बताइन्।

‘हामी बसेर यसको समाधान गर्नुपर्छ। हामीले धेरैभन्दा धेरै सांस्कृतिक आदानप्रदान गर्नुपर्छ। धेरैभन्दा धेरै छात्रवृत्ति नेपाली विद्यार्थीलाई दिने चाहनाअनुरूप काम गरिरहेका छौँ,’ उनले भनिन्, ‘जिविको पार्जनका लागि पनि नेपालमा परियोजना आवश्यक रहेको बुझेका छौँ। त्यसका लागि पनि हामी काम गरिरहेका छौँ। तर त्यसका लागि नीतिगत सुधार जरुरी छ। यहाँको जनताले त्यो पाउनुपर्छ।’

उनले दुई देशका राजनीतिक दलबिच सम्बन्ध सुधार हुनुपर्ने र कतिपय मुलुकले चीन नेपालबिच राम्रो सम्बन्ध भएको देख्न नचाहिरहेको उनको भनाइ थियो। ‘उनीहरू आउँछन् र जान्छन्। त्यसले असर गर्ने भनेको नेपाल र चीनका जनतालाई नै हो,’ उनले भनिन्, ‘त्यसैले यसको लक्ष्य निर्दिष्ट गरेर अघि बढ्न जरुरी छ। कठिनाइको सामना गर्न मिलेर काम गर्नुपर्छ। सहकार्यलाई अझ व्यवहारिक बनाउनुपर्छ।’

गएको वर्षदेखि चीनको आर्थिक सुधार भएको भन्दै त्यसलाई नेपालले सदुपयोग गर्न सक्ने प्रचुर सम्भावना रहेको उनको भनाइ थियो। विशेषगरी चिनियाँ शैलीको विकास निर्माण गर्ने र बीआरआईलाई कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो।

यस्तै नेपालका लागि चिनियाँ राजदूत छन सङले आफू पहिलोपटक नेपाल आउँदा चिनियाँ नागरिक खै भनेर सोध्ने गरेको, तर अहिले नेपालमा चिनियाँ आउन थालेका बताए। ‘खुसीको कुरा हो। राष्ट्रपति सीले भनेजस्तै महामारीले सम्बन्धमा कुनै असर गर्दैन,’ उनले भने, ‘हामी दुई देशको सम्बन्ध सुधार गर्न लागेका छौँ। प्रम प्रचण्डको भ्रमणमा नयाँ सहमति भए, त्यसले सम्बन्धमा नयाँ उचाइमा पुर्‍याएको छ।’

उनले नेपाल चीनबिचको सम्बन्ध अझ कसरी अगाडी बढाउने भनेर सल्लाह गर्न आवश्यक रहेको बताए। साथै, चीन नेपालको औद्योकिरणका लागि सघाउन तत्पर रहेको भन्दै नीतिगत रूपमा रहेका समस्या हल गर्न नेपालले काम गर्नुपर्ने बताए। उनले नेपालबाट १५० जनालाई छात्रवृत्ति दिने कार्यक्रम बनाएको जानकारी दिँदै नेपाली युवालाई चीन गएर अध्ययन गर्न अनुरोध समेत गरे।

प्रकाशित: २०८० माघ १४ गते आईतबार ०६:५८
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना