काठमाडौं– नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शुक्रबार र शनिबार काठमाडौंको नक्साल शोरुमदेखि सुकुटेसम्म आयोजना गरेको दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड सम्पन्न भएको छ। कार्यक्रमको शुभारम्भ जगदम्बा मोटर्सका सीबीओ मृगेन बनर्जी र डीजीएम विक्रम पौडेलले गरेका थिए।
२५ जना राइडर को सहभागिता रहेको यस ६८ किलोमिटर एकतर्फी यात्रा क्रममा अपाचे राइडर डर्ट रेस हेर्न धुलिखेलको डर्ट टेम्प्ल पुगेका थिए। यस ओभरनाइट राइडमा एओजीका सदस्य, डा. दिपक कुमार दासको पनि सहभागिता रहेको थियो।
ओभरनाइट राइडको बारे बोल्दै डा. दिपक कुमारले भने, ‘यस अपाचे ओनर्स ग्रुपले मलाई साथी मात्र नभई एउटा परिवार प्रदान गरेको छ। म आफै अपाचेको ग्राहक हुँ र यस अपाचे ओनर्स ग्रुपमा पाएको साथले म अत्यन्त खुसी छु। आगामी दिनहरुमा पनि यस्तै प्रकारको यात्रामा सहभागी हुन पाउने आशा गर्दछु।’
कार्यक्रमको दोस्रो दिन हाम्रा हेड मार्शलद्वारा खेलकुद गतिविधि सञ्चालन गरिएको थियो जसमा रेमन दास श्रेष्ठले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए। रेमन दास श्रेष्ठ आफै पनि यस सवारीको एक हिस्सा रहेका थिए। राइडका क्रममा उनले बाइकको प्रदर्शन र यसको लुक मनपरेको बताए।
जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस मोटर कम्पनीको सेप्टेम्बर २०१५ देखि आधिकारिक वितरक हो। कम्पनी शंकर समूहद्वारा संचालित छ। शंकर समूह सन् १९७९मा स्थापना भएको हो। जगदम्बा मोटर्सका १४० भन्दा बढी थ्री एस डिलर र २०० भन्दा बढी आधिकारिक सेवा केन्द्र छन्। काठमाडौंमा ६ वटा विशेष शोरूम समेत छन्।


