काठमाडौँ- सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण वज्राचार्यसँग सोधपुछ गरेको छ।
आयोगका अध्यक्ष डिल्लीराज आचार्यसहितको टोलीले एआईजी बज्राचार्यसँग बयान लिएको हो।
सीआईबीका प्रमुख वज्राचार्य, एसपी सञ्जयसिंह थापा र डिएसपी दुर्गा दाहालसँग आयोगले सोधपुछ गरेको हो।
सीआईबीका वज्राचार्यको टोलीले सुन तस्करीको अनुसन्धानको नेतृत्व लिएको थियो।
६० किलो सुन तस्करी र ९ किलो सुन तस्करी प्रकरणका विषयमा तस्करी आरोपमा पक्राउ परी थुनामा रहेका तथा धरौटीमा रहेका व्यक्तिलाई पनि सोधपुछ गरेको आयोग स्रोतले जानकारी दिएको छ।
सुरूमा तीन महिनाको समयावधि पाएको आयोगलाई सरकारले थप दुई महिनाको समय दिएको छ।


