काठमाडौं- यू-१९ विश्वकप क्रिकेटमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ। सुपर सिक्सको पहिलो खेलमा नेपालले १६९ रन बनाएको हो।
नेपालले पहिला टस जितेर पहिला ब्याटिङ गरेको थियो। नेपालका लागि विशालविक्रम केसीले १०० बल खेल्दै सर्वाधिक ४८ रन बनाए। कप्तान देव खनालले ३५ रन बनाए। ओपनर ब्याट्सम्यान अर्जुन कुमालले १४ रन बनाएर आउट भए।
तल्लोक्रमका सुवास भण्डारीले १८ रन बनाए। बंगलादेशको तर्फबाट रोहनत दौल्लाह बोर्सनले ४ र शेख पइवेज रब्बीले ३ विकेट लिए। नेपाल समूह चरणका खेलमा नेपाल न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भएको थियो। त्यस्तै अफगानिस्तानलाई जित्दै सुपर सिक्समा पुगेको थियो।


