काठमाडौं – युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको बुधबार राति सम्पन्न खेलमा रियल मड्रिडले जित निकालेको छ। रियलको बर्नाबेउ रंगशालामा सम्पन्न भएको खेलमा रियलले इंग्लिस क्लब चेल्सीमाथि २–० को प्रभावसालि जित निकालेको हो।
रियलको जितका लागि करिम बेञ्जिमा र मार्को एसेन्सियोले गोल गरेका थिए। ५७ प्रतिसत समय बलमा नियन्त्रण बनाएको रियलले २१ औं मिनेटमै अग्रता बनाएको थियो। गोलकिपरको हातबाट फर्किएर आएको बललाई बेञ्जिमाले पोस्टमा छिराएर अग्रता बनाएका थिए।
दोस्रो हाफको ५९ औं मिनेटमा चेल्सीका बिन चिलवेल रातो कार्ड बेहोर्दै बाहिरिए। उनले बक्सभित्र रियलका रोड्रिगोलाई हातमा तानेर लडाएपछि रातो कार्ड पाएका थिए। त्यसपछि रियलले एक गोल थप्यो।
भिनिसियस जुनियरले दिएको पासमा रोड्रिगोले सो गोल गरेका थिए। २–० को जितसँगै रियलले पहिले लेगमा दुई गोलको अग्रता बनाएको छ। यि दुई टिमबीचको अर्को लेगको खेल १९ अप्रिलमा चेल्सीको रंगालामा हुनेछ।
च्याम्पियन्स लिगकै गएराति सम्पन्न अर्को खेलमा एसी मिलानले नापोलीलाई १–० ले हराएको छ।


