काठमाडौं- आईसीसी यु १९ विश्वकपको सुपर सिक्सअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले पाँचौँ ओभरमा पहिलो सफलता हात पारेको छ।
गुल्सन झाको बलिङमा भारतका आदर्श सिंह क्याच आउट भएका हुन्। उत्तम थापा मगरले सिंहलाई क्याच आउट गराउन सफल भएका हुन्।
निकै आक्रामक खेलिरहेका उनले १८ बलमा २१ रन बनाएका थिए। यस क्रममा उनले चार चौका हिर्काएका थिए। टस जितेर ब्याटिङमा उत्रिएको भारतले अहिले सातौं ओभर खेलिरहेको छ। नेपाल प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ।


