काठमाडौं- नेपालले भारतविरुद्ध एकै ओभरमा दुई विकेट लिएको छ। आईसीसी यू-१९ विश्वकप सुपर सिक्स खेलमको १४औं ओभरमा नेपालले भारतका दुई विकेट लिएको हो।
बलर आकाश चन्दको १४ औं ओभरको अन्तिम बलमा ओपनर आर्शिन कुलकर्णीलाई क्याच आउट गराए। त्यसअघि नेपालले १४ औं ओभरको पाँचौं बलमा प्रियान्शु मोलियालाई रन आउट गराएको थियो।
टस जितेर पहिला ब्याटिङ रोजेको भारतले १५ ओभरमा ३ विकेट गुमाउँदै ६५ रन बनाएको छ। नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर गुलशन झाले दिलाएका थिए। गुलशनले पाँचौं ओभरको पहिलो बलमा भारतका ओपनर आदर्श सिंहलाई २१ रनमा क्याच आउट गराएका थिए।


