काठमाडौँ- आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको खेलमा नेपालसामु भारतले विशाल चुनौती पस्किएको छ।
टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनाएर २९८ रनको चुनौती दिएको हो।
भारतीय टिमका कप्तान उदय शहरान र सचिन दासले शतक प्रहार गरे।
सचिनले ११६ रन र कप्तान शहरानले १०० रन बनाए।
६२ रनमा तीन विकेट गुमाएको भारतका लागि दास र कप्तान उदयले दोहोरो शतकीय साझेदारी गरेका थिए।
भारतका प्रियांशु मोलिया १९, अर्शिन कुलकर्णी १८ र आदर्श सिंह २१ रनमा आउट भएका थिए।
बलिङमा नेपालका गुल्शन झाले ३ र आकाश चन्द १ विकेट लिए।


