काठमाडौँ- प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच शनिबार भिडन्त हुँदैछ । खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
पुलिस क्लब लिग चरणको खेलमा पहिलो हुँदै फाइनलमा पुगेको हो । आर्मी क्लबले भने लिग चरणको खेलमा दोस्रो हुँदै फाइनलमा पुगिससँगको भिडन्त पक्का गरेको हो । लिग चरणको समाप्तिपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्ने प्रावधान थियो ।


