काठमाडौँ- नेकपा एमाले निकट युवा संघको अध्यक्षमा क्षितिज थेबे चयन भएका छन्। नेपालगञ्जमा भएको महाधिवेशनले थेबेलाई सर्वसम्मत रूपमा चयन गरेको हो।
‘अध्यक्ष क्षितिज थेबे र महासहिच सुमन पुरीलगायत सबै कमरेडहरुलाई हार्दिक बधाई। नवौं महाधिवेशन सर्वसम्मत रूपमा सम्पन्न हुँदै,’ एमाले नेता महेश बस्नेतले फेसबुकमा स्टाटस लेखेका छन्।
संघमा चुनाव नभई सर्वसम्मत नेतृत्व छानिने भएको छ। अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरि केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम उपाध्यक्ष बनेका छन्।
महासचिवमा सुमन पुरी र उपमहासचिवमा दुई जना राजु थापा महेन्द्र गुरुङको नाम अनुमोदन गरेको छ। सचिवतर्फ विनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, बिष्णा चन्द, पर्वत भण्डारी, कुबेर अधिकारी चयन भए। कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख) राकेश राई निर्वाचित हुँदा लेखा आयोगमा सन्तोष चौलागाई प्रमुखमा चयन भएका छन्।


