काठमाडौं- पीएसजीका स्टार केलियन एमबाप्पेको सरुवालाई लिएर लामो समय देखि चलिरहेको र्युमर अन्त्य नजिक पुगेको छ। स्पेनिस पत्रिका मार्काले एम्बाप्पको सरुवामा नयाँ मोड आएको र त्यसले लामो समय देखि चलिरहेको र्युमरको अन्त्य गर्ने जनाएको छ। मार्काका अनुसार एमबाप्पेले आगामी सिजनमा रियल मड्रिडमा अनुबन्ध हुने फैसाला गरेका छन्।
पीएसपी निकट मानिएको पत्रिका ला पेरिसियनको समचारलाई उदृत गर्दै एमबाप्पेले रियलमा अनुबन्धित हुने फैसला गरेको जनाएको छ। यद्यपी आधिकारिकरुपमा रियल र एमबाप्पेबीच सहमति भने बनिसकेको छैन। फ्रेन्च पत्रिकाले शनिवार प्रकाशन गरेको रिपोर्टमा भनिएको छ, ‘फ्रान्सका सबैभन्दा ठूला स्टार अर्को सिजनमा विश्वको सबैभन्दा ठूलो क्लबमा अनुबन्ध हुनेछन्।’
गत समर ट्रान्सफर विन्डोमा पनि रियलले एमबाप्पेलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो। तर, रियलको प्रयास सफल हुन सकेको थिएन। तर आगामी सिजनमा भने एमबाप्पे रियलको सेतो जर्सीमा देखिने दाबी गरेको छ।
चालू सिजनको अन्त्यमा पीएसजीसँग एमबाप्पेको सम्झौता सकिँदैछ। पीएसजीले एमबाप्पेसँग नयाँ सम्झौता गर्ने प्रयास गरिरहेको छ। तर एमबाप्पै सम्झौता थप गर्ने पक्षमा देखिएका छैनन्। उनी आगामी सिजनमा फ्रि एजेन्टमा रियलमा अनुबन्ध हुने सम्भावना छ।


