काठमाडौं – आइलिग खेल्नका लागि चार नेपाली खेलाडी भारततर्फ प्रस्थान गरेका छन्। आउँदो बैसाखमा सुरु हुने लिग खेल्न उनीहरु आज दिउँसो नेपाल एयरलाइन्सबाट भारत लागेका हुन।
भारतमा खेल्न जानेमा नेपाली राष्ट्रिय टिमकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा, फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डरद्वय सरु लिम्बू र रेणुका नगरकोटे रहेका छन्।
यि सबै खलाडी नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी हुन। आउँदो लिगको लागि नेपालका छ खेलाडीलाई भारतका विभिन्न क्लबले अनुबन्ध गरेको छ। अनुबन्ध भएका दिपा शाही(मिडफिल्डर) र गिता राना(डिफेन्डर) भने नेपालमै छन्।
भारतमा लिग खेल्ने खेलाडीमध्ये सावित्रालाई गोकुलम केरलाले अनुबन्ध गरेको छ। केरलाले उनलाई मात्र अनुबन्ध गरेको छ त्यस्तै, गोलकिपर एन्जिला सेथु एफसीबाट खेल्नेछिन्।
यो सिजन मात्र माथिल्लो श्रेणीमा पुगेको किक स्टार्टले मिडफिल्डर सरु र रेणुकालाई अनुबन्ध गरेको छ। यता आर्मीबाट नेपालमा फुटबल खेलिरहेकी दिपा शाही भने केही दिनपछि जाने तयारीमा छन्। उनी लर्डमा अनुबन्ध भएकी छन्।
आई लिगमा यो वर्ष १६ टिमले प्रतिस्पर्धा गर्नेछन्। जहाँ यि टिमलाई समान ८–८ टिमको दुई समूहमा विभाजन गरिएको छ। उनीहरुले आआफ्नो समूहमा लिग चरण खेलेपछि नकआउट खेल हुनेछ।


