काठमाडौँ- रुसी सेनामा रहेका नेपालीको उद्धारका लागि पहल गरिदन रुसी राजदूतावासलाई युवाहरूको टोलीले ध्यानाकर्षण गराउन प्रदर्शन गरेको छ।
रुसी सेनामा रहेका नेपाली युवाको राहतका तथा बेपत्ता भएका नेपालीको अवस्था जानकारी गराउन पनि उनीहरूको माग छ।
राजदूतावासलाई ध्यानाकर्षण गराउन बालुवाटार रसियन राजदूतावासअघि युवाको टोलीले प्रदर्शन गरेको थियो।
हालसम्म रुसी सेनामा भर्ना भएका १२ जना नेपालीको मृत्यु भएको छ।
रुसी सेनामा कति नेपाली भर्ना भएका छन् भन्ने विषयमा परराष्ट्र मन्त्रालय र रुसी सरकारी पक्षले पनि खुलाएको छैन।
ठूलो संख्यामा नेपाली युवाहरु रुसी सेनामा भर्ना भएको मृत्यु हुनेको संख्या पनि नेपाली पक्षले उल्लेख गरेको भन्दा बढी भएको अनुमान गरिएको छ।










