काठमाडौँ- संघीय संसदका नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले शपथ लिएका छन्।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पाण्डेयलाई बुधबार बिहान पद तथा गोपनियताको शपथ दिलाएका हुन्।
शपथलगत्तै पाण्डेयले कार्यभारसमेत सम्हालेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई मंगलबार संघीय संसद महासचिवमा नियुक्त गरेका थिए।
महासचिव नियुक्त हुनुअघि पाण्डेले सचिव पदबाट राजीनामा दिएका थिए।














