काठमाडौँ- प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ। बुधबार बसेको बैठकले विधेयक पारित गरेको हो।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक पारितका लागि गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको सभामुख देवराज घिमिरेले घोषणा गरे।
प्रतिनिधिसभाको अर्को फागुन ६ गते बिहान ११ बजे बोलाइएको छ। उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरूको प्रश्नोत्तर हुनेछ।
प्रधानमन्त्रीलाई सोध्ने प्रश्न फागुन २ गते दिउँसो ३ बजेभित्र सांसदहरूले सचिवालयमा दर्ता गराउनुपर्नेछ।
