काठमाडौँ– नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको हो।
बस्नेतले ९ करोड २२ लाख ४६ हजार ३२ घुस लिएको आरोप अख्तियारको छ।
सम्पत्ति शुद्धीकरण अन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ।
मेयर बस्नेतकी श्रीमती र पद्य कोलोनीका अध्यक्ष राजुप्रसाद कँडेलविरुद्ध पनि मुद्दा दायर भएको छ।
२०७९ को चुनावमा नेपाली कांग्रेसका तर्फबाट बस्नेत विजयी भएका थिए।
