२०८३ कार्तिक १६ गते आईतबार

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १६
photo-11_ae224e7b

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ।

महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा मेला गर्न लागेको हो।

महासंघका अनुसार मेला मंसिर १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ । प्रत्येक वर्ष आयोजना हुँदै आएको यो मेला नेपालको व्यापार प्रवद्र्धनका लागि महत्वपूर्ण कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ । यस वर्ष आयोजना हुने मेला यसको एघारौँ संस्करण हो।

मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानलगायतका मुलुकको सहभागिता रहनेछ । साथै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्रसहित चीन, कोरिया, जापानलगायतका मुलुकका सम्भावित खरिदकर्तालाई समेत मेलामा आमन्त्रण गरिएको महासंघले जनाएको छ।

मेलामा दुई सयभन्दा बढी प्रदर्शनी कक्षमार्फत स्वदेशी तथा विदेशी वस्तु तथा सेवाको प्रदर्शन गरिनेछ । नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिँदै ‘नेपालमा उत्पादित वस्तु’ नामक छुट्टै कक्ष तथा विभिन्न वस्तुगत संघका उत्पादनका लागि समेत छुट्टाछुट्टै कक्ष राखिनेछ।

नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्नु मेलाको मुख्य उद्देश्य रहेको महासंघले जनाएको छ । नेपाल व्यापार एकीकरण रणनीतिले विशेष रूपमा पहिचान गरेका निर्यातयोग्य वस्तुको उत्पादन तथा निर्यात वृद्धि गर्न सहयोग पु¥याउने लक्ष्यसमेत मेलाले लिएको छ।

मेलामा अलैंची, चिया, अदुवा, औषधीय तथा सुगन्धित जडीबुटी, हस्तकला, पश्मिना, गलैंचा, कफी, नेपाली कागज तथा कागजजन्य वस्तु, तयारी पोसाकलगायत निर्यातको सम्भावना भएका नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ।

मेलाको प्रमुख आकर्षणका रूपमा नेपाली हस्तकलाका उत्पादन, विभिन्न वस्तुगत संघका उत्पादन तथा विद्युतीय सवारीसाधनका लागि छुट्टाछुट्टै प्रदर्शनी कक्ष रहनेछन् । साथै अन्तर्राष्ट्रिय खरिदकर्तासँग नेपाली व्यवसायीको प्रत्यक्ष अन्तरक्रिया गराउने कार्यक्रमसमेत तय गरिएको महासंघले जनाएको छ।

नेपाली र चिनियाँ व्यवसायीबीच प्रत्यक्ष व्यापारिक अन्तरक्रियाको कार्यक्रमसमेत आयोजना गरिनेछ । विभिन्न मुलुकबाट आउने व्यापारिक प्रतिनिधिसँग भेटघाट गरी द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीका विषयमा छलफल गरिने महासंघले जनाएको छ।

मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रविधि, व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षा लगायतका विभिन्न क्षेत्रका छुट्टाछुट्टै प्रदर्शनी कक्ष रहनेछन्।

यस वर्षको मेलामा स्वदेशी तथा विदेशी गरी करिब १ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । महासंघले मुलुकका विभिन्न प्रदेश, जिल्ला तथा वस्तुगत क्षेत्रमा आयोजना हुने मेलाबाट उत्कृष्ट उत्पादन तथा प्रदर्शनी कक्ष छनोटगरी नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा निःशुल्क प्रदर्शनी कक्ष उपलब्ध गराउने तयारीसमेत गरेको जनाएको छ।

महासंघका अनुसार विभिन्न जिल्लामा आयोजना भएका व्यापार तथा औद्योगिक मेलाबाट उत्कृष्ट उत्पादन र प्रदर्शनी कक्षलाई राष्ट्रियस्तरको यस मेलामा सहभागी गराउँदा स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग पुग्नेछ।

प्रकाशित: २०८३ कार्तिक १६ गते आईतबार ०६:११
प्रतिक्रिया

थप समाचार

म्याक्स टाइकरको दशैँ धमाका: ९ जनाले जिते मोटरसाइकल र स्कुटर, कार कसले जित्ला?

काठमाडौँ: म्याक्स टाइगर इनर्जी ड्रिङ्कसको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म नौ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितेका छन्। देशका विभिन्न सहरका उपभोक्ता विजेता बनेसँगै...

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना