काठमाडौँ- ओडीआई सिरिजकाे पहिलाे खेलमा क्यानडाविरुद्ध नेपालले ब्याटिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो।
नेपालले डब्लुसीएल लिग टूको तयारी स्वरुप क्यानडाविरुद्ध सिरिजको आयोजना गरेको हो। यो सिरिजमा नेपालबाट केही नयाँ अनुहारले मौका पाएका छन्।
आजको खेलमा नेपालको टोलीमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन्। सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर हुन्।
