काठमाडौँ- सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग बयान लिएको छ।
सिंहदरबारस्थित आयोगको कार्लायमा बोलाएर महराको बयान लिइएको आयोगले जानकारी दिएको छ।
इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा महराको ‘कनेक्सन’ देखिएको भन्दै उनीमाथि छानबिन गर्न माग हुँदै आएको थियो।
सीआईबीले महराको बयान कागज गराएर उनलाई प्रतिवादी कायम नगरीकन अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ यसअघि अनुसन्धान अधिकृतहरूसँग बताएका थिए।
सीआईबीका अनुसन्धान अधिकृतहरूसँग चिनियाँ सुन तस्कर दाओजिन वाङसँग आफ्नो पुरानो चिनजान रहेको महराले स्वीकारेका छन्।


