काठमाडौँ- सरकारले शुक्रबारदेखि ई–भिसा जारी गर्न सुरु गर्ने भएको छ।
अध्यागमन विभागले शुक्रबारदेखि ई–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको सुरु गर्न लागिएको जानकारी बिहीबार दिएको हो।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई-भिसा जारी गर्ने प्रणालीको उद्घाटन गर्नेछन्।
ई-भिजा प्रणाली सुरु भएपछि सेवाग्राहीलाई सहज हुने विभागको विश्वास छ।


