२०८३ कार्तिक १२ गते बुधबार

स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्छः महामन्त्री थापा

 |  रासस
Sanket

रासस

काठमाडौँ, चैत ३०
gagan thapa
फाइल तस्बिर।

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्ने बताएका छन्।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘नेपाली कांग्रेस रुपान्तरणको एजेण्डाः के र कसरी?’ कार्यक्रममा उनले नयाँ युगमा पार्टीलाई नयाँ ढङ्गले सञ्चालन गर्नुपर्ने बताएका हुन्। ‘पार्टीलाई व्यवस्थित ढङ्गबाट अगाडि बढाउन आत्मसमीक्षा, शुद्धिकरण, आत्मपरीक्षण र आत्मसम्मान जरुरी छ,’ उनले भने।

महामन्त्री थापाले पार्टीका भ्रातृ संस्था र विभागले चाँडै पूर्णता पाउने बताए। भ्रातृ तथा शुभेच्छुक संस्था र पार्टीबीच कस्तो सम्बन्ध रहन्छ भन्नेबारे नीति अधिवेशनमा छलफल गर्नुपर्ने उनको भनाइ थियो । उनले कांग्रेसको अबको विचार, अबको बाटो, सङ्गठन सञ्चालनको अवस्थालगायतका बारेमा नीति अधिवेशनमा छलफल हुने बताए। पार्टीभित्र महाधिवेशनको समयमा नभइ अरु बेलामा क्रियाशील सदस्यता खुलाउने गरी तयारी भइरहेको उनको भनाइ थियो ।

महामन्त्री थापाले आठ लाख क्रियाशिल सदस्य भएको कांग्रेसभित्र सबै व्यक्तिलाई पद नहुँदा आक्रोश र कुण्ठा रहेको उल्लेख गर्दै उक्त आक्रोश र कुण्ठालाई सही ढङ्गले व्यवस्थापन हुनुपर्ने बताए। उनले सपना बोकेर हुर्किरहेको कोही पनि नागरिकले आफ्नो सपनालाई मारेर हिँड्नुपर्ने अवस्था आएकोप्रति सरकार र राजनीतिक दल गम्भीर बन्नुपर्ने बेला आएको उल्लेख गरे।

उनले नयाँ स्थापना भएका पार्टीभित्र नयाँ युवा आउनु र पुरानो पार्टीभित्र पुराना नेता हुनु स्वभाविक भएको जनाउँदै नयाँ र पुराना पुस्तालाई मिलाएर कांग्रेस अगाडि बढ्नुपर्ने धारणा राखे। लो अपेक्षा राखेको जनाउँदै उक्त अपेक्षालाई पूरा गर्न नेतृत्व लाग्नुपर्ने बताउनुभयो । कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र देखिएको गुट, उपगुटको अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष आचार्यले पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउनका लागि नीति अधिवेशन, महासमिति बैठक तत्काल बोलाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका उपाध्यक्ष डा विष्णुशङ्कर पौडेलले कांग्रेसले युवा महामन्त्रीसँग पार्टी रुपान्तरणको आश राखेको बताउनुभयो । उहाँले युवाले नयाँ एजेण्डा खोजेकाले त्यसलाई पूरा गर्न वर्तमान नेतृत्व लाग्नुपर्ने बताउनुभयो । सोही कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेश सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष एवं सदस्यको सहभागिता रहेको थियो ।

प्रकाशित: २०७९ चैत ३० गते बिहिबार ०६:४४
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना