काठमाडौंँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले व्यङ्ग्य, आलोचना र प्रश्नलाई सदैव स्वागत गर्ने बताएका छन्। उनले पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजुको देवरबाबुका चित्रित गरिएको पोस्टर सेयर गर्दे यस्तो बताएका हुन्।
बिहीबार नयाँ वर्ष २०८० को शुभकामना दिने क्रममा उनले आरजु, अर्का महामन्त्री गगन थापा र आफ्नो फोटोसहितको ‘देवरबाबु’ भनेर व्यंग्य गरिएको पोस्टर सेयर गर्दै भनेका छन, ‘यस्तोमा उनले व्यंग्य र आलोचना गर्ने छुट सबैलाई भएको बताएका छन्। व्यंग्य र आलोचना गर्ने अधिकार लोकतन्त्रले हरेकलाई दिएको छ। यसलाई कसैले पनि नकारात्मक रूपमा लिनुहुन्न।’
उनले तथ्यमा आधारित व्यंग्य र आलोचनाले परिमार्जित हुन सघाउने बताएका छन्। ‘तथ्यमा आधारित जो हुन्छन् तिनले परिमार्जनलाई सघाउँछन्, जो हुन्नन् ती समयसँगै हराउँछन्,’ उनले भनेका छन्, ‘नववर्ष शुभकामना दिँदै यस्तो व्यङ्ग्य, आलोचना र प्रश्नलाई सदैव स्वागतको प्रतिबद्धता !’
व्यङ्ग्य र आलोचना गर्ने अधिकार लोकतन्त्रले हरेकलाई दिएको छ l यसलाई कसैले पनि नकारात्मक रूपमा लिनुहुन्न l तथ्यमा आधारित जो हुन्छन् तिनले परिमार्जनलाई सघाउँछन्, जो हुन्नन् ती समयसँगै हराउँछन् !
नवबर्ष शुभकामना दिँदै यस्तो व्यङ्ग्य, आलोचना र प्रश्नलाई सदैब स्वागतको प्रतिबद्धता ! pic.twitter.com/1nmMqzir8y
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 13, 2023


