काठमाडौँ- क्यानडाविरुद्ध नेपालले ४ विकेटको जित निकालेको छ। शनिवार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल ४ विकेटले विजयी भएको हो।
क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी रहँदा भेट्टाएको हो।
क्यानडाले दिएको लक्ष्य भेट्टाउने क्रममा नेपालले ६ विकेट गुमायो।
नेपालको जितका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८७ रन बनाए।
यस्तै देव खनालले ७६, अनिलकुमार साहले ५०, भीम सार्कीले २३ र पवन सर्राफले १४ रन बनाए।
यसअघि क्यानडाले त्रिवि क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले ९ रनको क्षतिमा ५० ओभर खेल्दै २८५ रन जोडेको हो।
टस जितेर ब्याटिङ रोजेको क्यानडाका ओपनर आरोन जोन्सन र नवनीत धलिवालले क्यानडाका लागि राम्रो सुरुवात दिलाएका थिए।
जोन्सनले ६५ रन जोड्दा नवनीत अर्धशतकबाट ४ रन मात्रले चुकेका थिए।
नेपालले पहिलो विकेटका लागि १८.३ ओभरसम्म पर्खनुपरेको थियो। त्यतिबेलासम्म क्यानडाले ९४ रन जोडिसकेको थियो।
१९औं ओभरमा आकाश चन्दले धलिवललाई नेपाललाई पहिलो सफलता दिलाएका थिए।
नेपालका लागि रोहित पौडेल र कुशल मल्लले २-२ विकेट लिए। सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफको नाममा १-१ विकेट रह्यो।
नेपालले पछिल्लो खेलबाट आज टोलीमा ३ परिवर्तन गरेको थियो।
आकाश चन्दले डेब्यु पाउँदा अनिल शाह र देव खनाल पनि टोलीमा थिए।
नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल मल्ल, देव खनाल, भीम सार्की, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, सोमपाल कामी, आकाश चन्द
क्यानडाको प्लेइङ ११: आरोन जोन्सन, नवानित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जाफर (कप्तान), दिलप्रित बज्वा, श्रेयास मोभा, इश्वरजोत सोहि, पर्गत सिंह, उदय भगवान सिंह


