काठमाडौँ- काठमाडौँमा एक जना महिला मृत फेला परेकी छन्। काठमाडौँ महानगरपालिका-९ गौशाला विजयचोकस्थित होटलमा शनिबार दिउँसो ५ बजेतिर महिलाको शव फेला परेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीका अनुसार सिराहा धनुषा होटल एन्ड लजमा ती महिलाको शव फेला परेको हो। शव अन्दाजी ४५-५० वर्षीया महिलाको भएको प्रहरीको अनुमान छ। मृतकको पहिचान खुलेको छैन।
शवको प्रकृति हेर्दा शंकास्पद देखिएको प्रहरीको भनाइ छ। महिलाको घाँटीमा डोरीले कसेजस्तो देखिने डाम भएकाले उनको मृत्यु शंकास्पद रहेको प्रहरीको भनाइ छ।
