काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलका नेताले बोलेका र सम्झौता तथा सहमति गरेको विषयलाई प्रवेश गराएका छन्। नयाँ वर्ष २०८० को शुभकामना सन्देश जारी गर्दै उनले विगतको सम्झौता र सहमतिलाई कोट्याएका हुन्।
दलका नेताहरू राजनीति र राज्यसञ्चालन प्रक्रियामा इमान्दार नबनेको पनि उनको शुभकामना सन्देशको संकेत छ। विगतमा दलहरूले गरेको सम्झौता पालना नगरेको विषयलाई उनले जोड दिएका छन्।
‘राजनीति र राज्य सञ्चालनको प्रक्रियामा इमान्दारिताको ठूलो महत्व रहन्छ। राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरूले बोलेको तथा सम्झौता र सहमतिको अझ ठूलो अर्थ रहन्छ,’ पूर्वराजा शाहको शुभकामना सन्देशमा भनिएको छ, ‘मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयम् अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्यप्रणालीमा वाञ्छनीय हुँदैन।’ यद्यपि पूर्वराजा ज्ञानेन्द्रले नेताहरूले कोसँग भएको कस्तो सम्झौता तोडेका हुन् भन्ने कुरा प्रष्ट पारेका छैनन्।
युवापिँडीमा वर्तमान राजनीतिक अवस्थाप्रति चरम विद्रोहभाव देखिएको समेत उनको टिप्पणी छ। ‘युवा पिँढी विद्यमान प्रणाली र शासकीय गतिविधिप्रति पूर्णतया असन्तुष्ट हुँदै गएको देखिन्छ। विगत तीन दशक बढी समयको अनर्थ प्रयत्न उपर उनीहरुको चरम विद्रोहभाव देखिन थालेको छ,’ शाहले सन्देशमा भनेका छन्, ‘यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहीन आरोप थोपरेर हुँदैन ।’
सरकारी ढुकुटी, सञ्चालित वित्तीय संस्थाहरुको वार्षिक कारोबार विपन्न वर्गको उत्थानमा परिचालन नभएको पूर्वराजा शाहको भनाइ छ। पछिल्ला केही दशकयता जानेर वा नजोर देशका विभिन्न पक्षबाट भएका कमजोरीबाट देशले दुःख पाएको उनले बताएका छन्। त्यसले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता, अन्तर्राष्ट्रिय सम्मानमा गम्भीर आँच पुगेको उनको भनाइ छ।
ज्ञानेन्द्रको शुभकामना



