रौतहट- रौतहट जिल्ला अदालतले मोहम्मद अफताब आलमको मुद्दामा साझी झिकाउन आदेश गरेको छ।
आइतबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले राजपुर बम काण्डका आरोपित आलमको मुद्दामा साक्षी झिकाउन आदेश गरेको हो।
आइतबार आलमका तर्फबाट अधिवक्ता लालबाबु राय, महम्मद साबिर हुसेन, मजरुल हक र अफताब आलमले बहस गरेका थिए। सरकारको तर्फबाट जिल्ला न्यायधिवक्ता बद्रीकुमार कार्की र अधिवक्ता अधिवक्ता पुष्प पौडेलले बहस गरेका थिए।
दुवै पक्षको बहस सुनेको इजलासले साझी झिकाउने आदेश गरेको अदालतले जानकारी दिएको छ।
२०६४ सालमा संविधानसभाको चुनावका बेला आलमको चुनाव प्रचारमा खटिएको टिम बम विस्फोटमा परेको र घाइते भएका केही व्यक्तिलाई इँटाभट्टामा हालेर जलाएको आरोप आलममाथि छ।
यो मुद्दामा २०७६ कात्तिकदेखि आलम पुर्पक्षका लागि थुनामा छन्।


