काठमाडौँ- नेपालले क्यानडा विरुद्धको एक दिवसीय सिरिजको अन्तिम खेल आज खेल्ने भएको छ। क्यानडालाई क्लिन स्वीप गर्ने दाउसहित नेपाल मैदानमा उत्रिँदै छ।
खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजेबाट सुरु भएकाे छ। पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकालेको नेपाल आज पनि जितसहित क्लिन स्वीपको लक्ष्यका साथ खेल्ने छ।
क्यानडा भने सान्त्वना जितको खोजीमा रहेको छ। नेपालबाट आज तीव्र गतिका बलर हेमन्त धामी डेब्यु हुने सम्भावना रहेको छ।
नेपालले बिहीबारदेखि आईसीसी विश्वकप लिग २ मा नेदरल्यान्ड्स र नामिबियासँग खेल्दैछ।


