काठमाडौँ- एकदिवशीय क्रिकेटमा नेपाली टोलीबाट डेब्यु गरेका हेमन्त धामीले पहिलो विकेट लिएका छन्। क्यानडाविरुद्धको सिरिजको अन्तिम खेलमा हेमन्तले विकेट लिएका हुन्। उनी आजकै खेलमा डेब्यु भएका हुन्।
उनले खेलको तेस्रो ओभरमा आरोन जोनसनलाई आउट गरे। टस हारेपछि ब्याटिङको जिम्मा पाएको क्यानडाले ३ ओभरमा एक विकेट गुमाएर ११ रन जोडेको छ।


