२०८३ कार्तिक १४ गते शुक्रबार

भ्यालेन्टाइन ‘डे’ लक्षित फुड फेस्टभलमा सौराहाका होटल भरिभराउ

 |  रासस
Sanket

रासस

काठमाडौँ, माघ २९
sauraha

चितवन- भ्यालेन्टाइन ‘डे’ अर्थात प्रेम दिवस लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ भएका छन्। १८औँ संस्करणको फुड फेष्टिवलसँगै आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका हुन्।

मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनको सौराहा भूकम्प, नाकाबन्दी, सडक समस्या र कोरोना माहामारीलगायत कारण सुस्ताएको थियो। पछिल्लो समय पर्यटकीय गतिविधि चलायमान हुँदै गएपछि व्यवसायी उत्साहित भएका हुन्। सौराहामा पर्यटक लक्षित कार्यक्रम गरेर आन्तरिक पर्यटक भित्र्याउने चलन थियो। रेष्टुराँ एण्ड बार एशोसियशन नेपाल (रेवान) सौराहाका अध्यक्ष धुव्र गिरीले भने, ‘यो समयमा स्वदेशीसँगै विदेशी पर्यटकको चाप देख्दा हामी उत्साहित भएका छौँ।’

उनले यस क्षेत्रको विकासका लागि बसपार्कसम्म पुग्ने सडकमार्गमा ‘डालो लाइट’ जडान गरी ‘नाइट म्युजिकल लाईफ’को सुरुआत गर्न १८औँ फुड फेष्टिवलले सहयोग गर्ने बताए। अब सौराहामा नाइट लाइफ हेर्न बसपार्क साइड, प्रकृतिक सौन्र्दयमा रमाउन रिभर साइड क्षेत्रलाई सौन्दर्यकरण गर्ने रेवानले घोषणा गरेको बताउँदै गिरीले फुड फेष्टिवललगत्तै काम सुरु गरिने जानकारी दिए। उनका अनुसार सौराहामा फुड फेष्टिवल लक्षित गरी ८० प्रतिशत होटल बुक भइसकेका छन्।

‘नयाँ ठाउँ छनोट गरेका दर्शक र पर्यटक आउँदैन् कि भनेर सोचेका थियौँ। फेष्टिवलको पहिलो दिनमा नै र्‍यालिदेखि फेष्टिवल परिसरमा खानाको स्वाद लिन पर्यटकको घुइँचो देख्दा हार्षित छौँ,’ गिरीले भने। अर्थतन्त्रको समस्याले कतै आन्तरिक पर्यटकको सङ्ख्यामा कमि हुन्छ कि भने चिन्तामा रहेका सौराहाका पर्यटन व्यवसायीलाई फुड फेष्टिवलसँगै बढेको पर्यटकीय चलहपहलले निकै उत्साहित बनाएको छ।

स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्दै जाँदा सुस्ताउँदै गरेको पर्यटनलाई पुनःगतिशील बन्ने सङ्केत दिएको पर्यटन व्यवसायी वासु ढुङ्गानाले बताए।  सौराहाका रेष्टुराँमा विभिन्न खानाको स्वाद लिन आउने पर्यटकको सङ्ख्या बढ्दै गएको रेवानका महासचिव नवीन नेपालले बताए। फेष्टिवलमा नयाँनयाँ स्थानीय परिकारका खानाको स्वादमा पर्यटक खुसी देखिएका उनको भनाइ थियो। सौराहामा पर्यटक बढाउन प्रचारप्रसार अभियान लिएर देश तथा विदेश ‘घुमौँ सौराहा अभियान’ लिएर जाने योजना रहेको अध्यक्ष गिरीले बताए।

‘चीन र भारतका विभिन्न ठाउँ र पश्चिम नेपालसम्म उक्त अभियान लिएर प्रचारप्रसारमा जाने योजना बनाएका छौँ,’ उनले भने। अध्यक्ष गिरीले सडक पूर्वाधार राम्रो नहुनु, हवाई यातायात महँगो हुनुलगायत कारणले पर्यटकको सङ्ख्या बढ्न नसकेको गिरीको भनाइ थियो। सौराहामा मात्रै साना–ठूला गरी एक सय ४० बढी होटल सञ्चालित छन्। दैनिक सात हजार बढी पर्यटक बस्न मिल्ने क्षमता सौराहामा रहेको अध्यक्ष गिरीले जानकारी दिए।

उनका अनुसार नयाँ लगानीमा होटल तथा रेष्टुराँ खुल्ने क्रम जारी छ। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन्। जङ्गल सफारी गर्ने, नदीमा डुङ्गा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटक बढी आउने गरेको निकुञ्ज कार्यालयले जनाएको छ।

सौराहाका साथै निकुञ्जसँग जोडिएका पटिहानी, जगतपुर, मेघौलीलगायत स्थानमा पर्यटकको आगमन बढेको निकुञ्जले जनाएको छ। सो क्षेत्रमा पर्यटक आउँदा निकुञ्जको गोही प्रजनन् केन्द्र र हात्ती सफारीमा घुइँचो हुने गर्दछ। गतवर्ष स्वदेशी तथा विदेशी गरी करिब तीन लाख पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए।

प्रकाशित: २०८० माघ २९ गते सोमबार ०४:४२
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना