२०८३ कार्तिक २२ गते शनिवार

संसारका मान्छे लोभ्याउने मनाङमा के छ शक्ति?

 |  नवीन लामिछाने
Sanket

नवीन लामिछाने

काठमाडौँ, माघ २९
manang

मनाङ- हिमाली जिल्ला मनाङ सौन्दर्यले भरिपूर्ण जिल्लाका रूपमा परिचित छ। गण्डकी प्रदेशमा अवस्थित मनाङ प्राकृतिक सौन्दर्यले भरिएको छ। यहाँ पुग्ने जोकोहीले मनाङलाई हिमालभित्रको जिल्ला पनि भन्ने गर्छन्।

यहाँको प्रसिद्ध स्थानका रुपमा रहेको तिलिचो ताल, थोरङ्ला पास, आइस लेक, अन्नपूर्ण पदमार्गको यात्रा गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्।चामेको तातोपानी, ताचैको घरबास (होमस्टे), कजिनसारा लेक (सिङ्गर ताल) लगायतका स्थान मनाङ आउने पर्यटकले छुटाउन नहुने स्थान हुन्।

मनाङका हरेक स्थान प्राकृतिक सौन्दर्यताले भरिएको छ। तर मनाङको यात्रा सहज पनि छैन। यहाँको यात्रालाई साहसिक यात्राका रुपमा लिने गरिन्छ।साहसिक यात्रा रुचाउनेका लागि अनौठो अनुभव दिलाउने प्रकारको छ। मनाङमा नजिकबाट हिमाल, हिमाली हावापानी, रमणीय वातावरण, हिमाली वन्यजन्तु र मनमोहक छन्।

जडीबुटी, फूल र जैविक विविधतामा पनि मनाङ धनी छ। दन्तेलहर झैँ फैलिएका सेता हिमाल, स्थानीय रहनसहन, मर्स्याङ्दी नदीको सुसाइ, चक्रीय अन्नपूर्ण पदमार्गमा जाने पर्यटकका प्राकृतिक साथी बन्नेछन्।

पदयात्रीका लागि आकर्षणको केन्द्र हो मनाङ। प्राकृतिक सौन्दर्यको भण्डार छ। हिउँ पग्लिएर बनेका पहाड हेरेर पर्यटक लोभिन्छन्। हिमाल हेरेपछि दङ्ग पर्ने गर्दछन्।वातावरण, रहनसहन, हिमाली हावाको सुगन्ध र एकान्तले उनीहरू प्रकृतिमा हराउने गर्दछन्। सदाबहार देखिने हिमाल, खोलानाला र प्रकृतिले आधुनिकतालाई चुनौती दिएको छ।

मनाङ तिब्बतको संस्कृतिसँग मिल्ने जनजीवन, बौद्धमार्गी प्रत्येक गाउँमा गुम्बा, हिमाली जनजीवन र स्वतन्त्र परिवेशमा रहेको भूमि हो।

मनाङमा गुरुङ, घले, लामा, थकाली र तिनै जातिसँग मिल्ने भेषभूषा र भाषा बोल्ने गरिन्छ। यहाँ दलित, नेवारबाहेक अन्य जातिको भने बसोबास छैन। तर अहिले व्यापार र अन्य कारणले गर्दा केही जातिका व्यक्तिले मनाङलाई कर्म थलोका रूपमा लिन थालेका छन्।

नामकरण र इतिहास
जिल्लाको सबैभन्दा ठूलो गाउँ मनाङबाट नै जिल्लाको नामकरण भएको पाइन्छ। मनाङ शब्द तिब्बती भाषाको ‘म्हनाङ्’ शब्दबाट अपभ्रंश भएर आएको मानिन्छ। तिब्बती भाषामा ‘म्ह’को अर्थ सहायता र ‘नाङ’को अर्थ देऊ भन्ने हुन्छ। विकट भौगोलिक परिवेशमा रहेको र बाह्य सहायताविना जनजीवन अतिकष्टकर रहेको भन्ने अर्थमा बुझ्नुपर्ने हुन्छ।

सन् १७८१ मा रणबहादुर शाहको शासनकालमा नेपाल राज्यमा एकीकरण हुनुअघि यो जिल्ला लमजुङ राज्यकै एक अङ्गका रूपमा रहेको थियो। पछि यस जिल्लालाई पश्चिम ३ नं गोश्वाराअन्तर्गत पोखरास्थित बडाहाकिममार्फत राखी प्रशासन सञ्चालन गरियो।

विसं २०१८ मा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा गण्डकी अञ्चलअन्तर्गत एउटा छुट्टै जिल्लाका रूपमा स्थापित भएको हो। त्यतिबेला मनाङको सदरमुकाम लमजुङ जिल्लाको बाहुनडाँडामा राखियो। बाहुनडाँडा मनाङ जाने मार्गमा पर्दछ।

मनाङबाट प्रतिनिधित्व गर्ने पञ्च नेता पनि लमजुङबाट मनोनीत हुन थाले। मनाङवासीलाई ‘यो भूमि नेपाल हो। तपाईं नेपाली हुनुहुन्छ। त्यसैले अब तपाईंले नेपाल सरकारको ऐन नियम पालना गर्नुपर्दछ’ भन्ने कुरा सिकाउनुपर्‍यो।

लामो समयपछि तल्लो भेगका मनाङवासी सरकारको कुरामा सहमत भएपछि बल्ल सदरमुकाम मनाङ जिल्लाको थोँचेमा सारिएको थियो।

सदरमुकाम थोँचेमा रहे पनि उपल्लो मनाङेले पूर्णरुपले सरकारलाई समर्थन गरेनन्। पछि राजा महेन्द्रले मनाङ जिल्लाको भ्रमण गरी उपल्लो मनाङीलाई तेस्रो मुलुकमा विनाभन्सार व्यापार गर्न दिने व्यवस्था मिलाएपछि थोँचेको सदरमुकाम अहिलेको सदरमुकाम चामेमा सारिएको हो।

महेन्द्रको हुकुम प्रमाङ्गीको आदेशमा विनाभन्सार तेस्रो मुलुकसँगको व्यापार गर्न पाउनेमा उपल्लो मनाङका बासिन्दा मात्र भए। मनाङको पनि अतिदुर्गम मानिने नार र फू गाउँ एवं तल्लो मनाङका बासिन्दा त्यो सुविधाबाट वञ्चित भएका थिए।

त्यसको परिणाम अहिले मनाङमा दुई खाले जनजीवन देखिन्छ। उपल्लो मनाङवासी आर्थिकरुपले सम्पन्न छन्। तर अन्य भूभाग अर्थात् तल्लो भेगका मनाङवासीको अवस्था भने सामान्य नै रहेको पाइन्छ।

अहिले मनाङलाई चार स्थानीय तहमा विभाजन गरिएको छ। चामे, नासोँ, ङिस्याङ र नार्पाभूमि गाउँपालिका नामकरण गरिएको छ। मनाङको कुल क्षेत्रफल दुई हजार दुई सय ४६ वर्ग वर्गकिलोमिटर रहेको छ।

भौगोलिक अवस्थिति
मनाङको भौगोलिक अवस्थितिका हिसाबले २८ डिग्री २७ मिनेटदेखि २८ डिग्री २८ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ४० मिनेट पूर्वी देशान्तरदेखि ८४ डिग्री ३४ मिनेट पूर्वी देशान्तरमा फैलिएको छ।

उचाइको हिसाबले यस जिल्ला समुन्द्री सतहबाट एक हजार छ सय ८० मिटरदेखि आठ हजार एक सय ६३ मिटरसम्मको उचाइमा रहेको छ। चार वटा गाउँपालिका, २८ वटा वडा तथा ३५ भन्दाबढी ग्रामीण बस्ती रहेका छन्।

यस जिल्लाको सिमानापूर्वमा गोरखा र लमजुङ, पश्चिममा मुस्ताङ र म्याग्दी, दक्षिणमा कास्की र लमजुङ तथा उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ।

जिल्लाको भौगोलिक सुन्दरताको बयान गर्दा अति नै लोभ लाग्दा दृश्य, तरेली परेका अग्ला भिराला पहाड र उच्च हिमशृङ्खलाजस्ता विशेषता छन्। यस जिल्लामा पूर्वमा मनास्लु, पश्चिममा दामोदर, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल पर्दछन् भने उत्तरमा तिब्बतको पेरी र चीन हिमाल पर्दछन्।

थुप्रै स्वदेशी तथा विदेशी पर्यटक, पदयात्रीको गन्तव्य मार्ग अन्नपूर्ण पदमार्ग, बहुमूल्य जडीबुटी, वन सम्पदा, अपार जलस्रोतको धनी, विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल तथा कुण्डको बेजोड सङ्गम भएको मनाङ जिल्ला प्राकृतिकरुपमा धनी मानिन्छ।

त्यसले गर्दा यहाँका प्राकृतिक सौन्दर्यले विश्वका मानिसलाई लोभ्याउने गरेको छ।

प्रकाशित: २०८० माघ २९ गते सोमबार ०६:४९
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना