काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन्। संस्थापन इतर समूहका गिरीले संस्थापन समूहका गोकर्णबहादुर बानियाँलाई ७ मतले पराजित गरेका हुन्। निर्वाचित भएका गिरीले ३०५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी गोकर्णबहादुर बानियाँले २ सय ९८ मत ल्याए ।
वरिष्ठ उपाध्यक्षमा गिरि प्यानलबाटै इलमबहादुर शाही विजयी भएका छन् । शाहीले ३ सय ३३ र मल्लले २ सय ६६ मत ल्याएका थिए । यस्तै महासचिवमा ज्ञानेन्द्रबहादुर रावल निर्वाचित भएका छन् । रावल ३०२ मतसहित महासचिवमा निर्वाचित हुँदा प्रतिस्पर्धी मेघनाथ यादवले २८८ मत प्राप्त गरेका छन्।


