काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग-२ क्रिकेट २०२४ अन्तर्गत पहिलो खेलमा नामिबियाले नेपाललबाट ब्याटिङको निम्तो दिएको छ। टस जितेपछि नामिबियाका कप्तान जेराल्ड इरास्मसले पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो।
नेपालले दुवै ओपनर आसिफ शेख र अनिल शाहलाई मैदान उतार्दैछ। आरिफ शेखलाई बेन्चमा राखेको नेपाल अनिल शाहलाई शीर्षक्रममा खेलाउने तयारीमा छ। खेल ९:१५ बजे त्रिवि मैदान कीर्तिपुरमा सुरु हुँदैछ।
नेपालको टोली प्लेइङ ११ : रोहित पौडेल , आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी बेन्च : दीपेन्द्रसिंह ऐरी, देव खनाल, सूर्य तामाङ र आरिफ शेख
नामिबियाको प्लेइङ ११ : जेरार्ड एरास्मस, जेन ग्रिन, जेजे स्मिथ, माइकल भान लिंगेन, निकोल लोफ्टि-इटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल र बर्नार्ड स्कोल्ज ।


