काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग-२ को पहिलो खेलमा नेपालले पाचौँ विकेट पनि गुमाएको छ।
टस जितेर ब्याटिङ रोजेको नामिबियाले नेपालका ६ बलरलाई आउट गराएको हो।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलको २२.३ ओभर पूरा हुँदा नेपालले ६ विकेटको क्षतिमा ७४ रन जोडेको छ।
नेपालका कुशल भुर्तेल शून्य रनमा आउट भए। आसिफ शेअले ११ बल खेलेर ४ रन जोडे। अनील साहले ६ बल खेलेर ८ रन बनाए। १३ बल खेलेका कप्तान रोहित पौडेलले जम्मा १ रन जोडे। २२ बलमा कुशल मल्ल २२ रन जोड्न सफल भए। सोमपाल कामीले जम्मा २ रन बनाएर पेभिलियन फर्किए।
नामिबिया रुबेन ट्रम्पेलमान, ज्याक ब्रासेल र गेहार्ड ईरास्मसले समान दुई-दुई विकेट लिए। बलरहरू आउट हुने क्रम तीव्र भएपछि नेपाली टोलीले मैदानमा दबाब महसुस गर्न थालेको छ।


