काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा पुरै विकेट गुमाएर १३२ रन जोडेको हो। ४१.१ ओभरमा नामेबियाका इरासमसले करण केसीलाई आउट गरेसँगै नेपाल सस्तैमा समेटिएको हो।
केसीले २५ बलमा १६ रन बनाएका थिए।
