काठमाडौं– सुर्खेतबाट काठमाडौं आउँदै गरेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जहाजको फ्ल्यापमा समस्या आएपछि आकस्मिक आवतरणको तयारी भइरहेको छ।
विमानस्थल कार्यालयका अनुसार उक्त जहाजमा समस्या आएका कारण इन्धन खपत गरेर मात्रै अवतरण गर्नुपर्ने भएकोले अहिले काठमाडौं माथिको आकासमा जहाजले फन्को लगाइरहेको छ।
विमानस्थल कार्यालयले आकस्मिक अवतरणका लागि तयारी अवस्थामा बसिएको जनाएको छ।


