काठमाडौं- फ्रेन्च स्टार केलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई क्लब छोड्ने आफ्नो निर्णय सुनाएका छन्। सात वर्ष अघि मोनाकोबाट पीएसजी पुगेका उनले सिजनको अन्त्यमा क्लब छोड्ने निर्णय गरेका छन्।
मार्का, द एथ्लेटिक र आरएमसी स्पोर्टको रिपोर्ट अनुसार २५ वर्षीय एमबाप्पले क्लबलाई आफ्नो निर्णय सुनाएका छन्, तर अर्को सिजनमाबारे मौनता साँधेका छन्। उनी अर्को सिजनमा रियल मड्रिडमा अनुबन्ध हुने अपेक्षा गरिएको छ।
पीएसजीले उनीसँग सन् २०२५ सम्मका लागि नयाँ सम्झौता गर्न खोजेको थियो। तर क्लबको प्रस्ताव उनले अस्विकार गरेका थिए। उनी पछिल्ला केही सिजन यता रियल मड्रिडमा आउने चर्चा चलिरहेको छ। उनी र रियलबीच छलफल भइरहेपनि सम्झौता भने हुन सकेको छैन।


