काठमाडौँ- नेपालको टोलीमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी टिममा फर्किएका छन्। आइएल टी-२० खेल्न गएका दीपेन्दले क्यानडाविरुद्धको सिरिज र नामिबियाविरुद्धको पहिलो खेल गुमाएका थिए।
नेपालले नेदरल्यान्डविरुद्धको आजको खेलमा दुई परिवर्तन गरेको छ। करण केसी र पवन सरार्फ बाहिर भएका छन्। दीपेन्द्रसिंह ऐरी र देव खनाल टिममा छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले पवन सर्राफ र करण केसीलाई बाहिर राख्दै दीपेन्द्र र देव खनाललाई टिममा परेकाे छ ।
पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।
नेपाली टिम:
रोहित पौडेल(कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, अनिलकुमार शाह, कुशल मल्ल, भीम सार्की, सोमपाल कामी, देव खनाल, ललित राजवंशी


