काठमाडाैं- नेदरल्यान्ड विरुद्ध नेपालले तेस्रो सफलता प्राप्त गरेको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले नेदरल्यान्डको तेस्रो विकेट लिएको हो। त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले १६ औँ ओभरमा साइब्रान्ड एन्जलब्रच्टलाई आउट गरेको हो।
२३ रन बनाएका एन्जलब्रच्टलाई ललित राजवंशीले आउट गराएका हुन्। यसअघि छैटौँ ओभरमा म्याक्स ओ डाउड १० रन बनाएर रन आउट भएका थिए । त्यस्तै तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका थिए ।
नेदरल्यान्ड तीन विकेट गुमाएर ५७ रन बनाएर खेलिरहेको छ।


