काठमाडौं- सहकारी पीडितहरुले सहकारी विभाग परिसरमा प्रदर्शन गरेका छन्। सहकारी वचन कर्ता संरक्षण राष्ट्रिय अभियानले आइतबार विभाग परिसरमा विभिन्न माग राख्दै प्रदर्शन गरेको हो।
अभियानले हालै संसदबाट पारित भएको सम्पत्ति सुद्धिकरण र सहकारी सम्बन्धि ऐन राष्ट्रपतिले प्रमाणिकरण गर्न नहुने बताएको छ। ऐन प्रमाणिकरण भए सहकारी संचालक लगायत अन्य गलत तरिकाले कमाएको सम्पत्ति आय कर तिरेर शुद्धिकरण गर्न पाउने प्रावधानले कमिसनखोरी तथा अनैतिक तरिकाको कमाई सहकारीमा लगुकाउने बाटो खुल्ला हुने र त्यसले थप संकट निमत्याउने तर्क अभियानले गरेको छ।
अभियानले सहकारी वचत तथा कर्जा सुरक्षण कोषको स्थापना, स्वचालित व्याजदर, सहकारी ठगीलाई पनि नैतिक पतन देखिने अपराधमा समावेश गरिनुपर्ने, ५० करोड भन्दा वढीको कारोबार राष्ट्र बैंक अन्तर्गत अनुगमन हुनुपर्ने, सहकारीको वर्गिकरण गरिनुपर्ने लगायतका माग राखेको छ।
हेर्नुहोस् तस्विर









