२०८३ कार्तिक २२ गते शनिवार

राससकाे वार्षिकोत्सवमा राष्ट्रपतिकाे सन्देश – ‘गलत सूचनाको चुनौतीलाई राससले चिर्नुपर्छ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ७
rss

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मिथ्या र गलत सूचनाबाट ‘दिग्भ्रमित’ पार्ने काम पनि भइरहेका सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस) जस्तो जिम्मेवार सञ्चारमाध्यमले सत्य, तथ्य, निष्पक्ष र आधिकारिक सूचना प्रवाह गरेर जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिएका छन्।

राससको ६३ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिँदै उनले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसको दुरुपयोगबाट बच्नु ठूलो चुनौती भएकाले यस चुनौतीलाई राससजस्ता सञ्चारमाध्यमले सामना गरेर अघि बढ्नुपर्ने बताए।

राससले स्वदेश तथा विदेशमा सत्यतथ्य, आधिकारिक र विश्वसनीय समाचार, फोटो, श्रव्य र श्रव्यदृश्य समाचार समाग्री अनलाइन सेवामार्फत आफ्ना सेवाग्राहीलाई अहोरात्र सम्प्रेषण गर्दै आएको छ।

‘पत्रकारिताको सिद्धान्त, आचारसंहिता र मूल्यमान्यतामा आधारित मौलिक, खोजमूलक र अनुसन्धानमूलक लेखनले नै समाचारको सार र प्राणलाई बचाउँदै पाठकको चाहनालाई पूरा गर्छ भन्ने मलाई लाग्दछ’, सन्देशमा भनिएको छ, ‘पछिल्लो समयमा राससले सेवाको विविधिकरण, प्रकाशन, तालिम तथा पूर्वाधार विकासमा गरेको सुधार प्रशंसनीय छ।’

मुलुकको एक मात्र समाचार समिति राससले आधुनिकीकरण र भूमण्डलीकरणको बदलिँदो परिवेशमा आफ्ना पाठक र सेवाग्राहीको चाहनाअनुरुपका गुणस्तरीय, सत्यतथ्य, आधिकारिक र विश्वसनीय समाचार सामग्री छिटोछरितो रुपमा दिन अझै प्रतिस्पर्धी, सक्षम र नेतृत्वदायी सञ्चारमाध्यमका रुपमा अघि बढ्ने राष्ट्रपतिको विश्वास रहेको छ।

उनले इन्टरनेट र सूचना प्रविधिको तीव्रतर विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा व्यापक परिवर्तनसँगै छिटोछरितोरूपमा दर्शक, स्रोता र पाठकको सत्यतथ्य सूचना पाउने चाहनलाई पूरा गर्न कठिन बन्दै गएको परिप्रेक्ष्यमा राज्यद्वारा सञ्चालित राससजस्तो समाचार समितिले संविधानले प्रत्याभूत गरेको आम नागरिकको सूचनाको हक पाउने प्रावधानलाई पूरा गर्न अझै जिम्मेवार, विश्वसनीय र जवाफदेही बन्नुपर्ने बताए।

राष्ट्रपतिले विश्वका समाचार समितिले हासिल गरेको प्रगति, सुधार र पाएको सफलताबाट पाठ सिकेर राससले आफ्नो सेवा, गुणस्तर र समाचार प्रस्तुतिमा समयानुकूल परिमार्जन र सुधार गरी यसलाई अझै आधुनिक, विकसित र नमूना समाचार समितिका रुपमा विकास गर्न कार्यरत व्यावसायिक पत्रकार र व्यवस्थापनालाई सफलता मिलोस् भनी शुभकामना दिएका छन्।

राष्ट्रपतिले अभिव्यक्ति स्वतन्त्रतामात्र होइन स्वतन्त्र, निष्पक्ष र स्वतन्त्र पत्रकारिता तथा हरेक नागरिकको सूचनाको अधिकार बहुलवादमा आधारित लोकतन्त्रमा मात्र सम्भव हुने भएकाले सबै जात, जाति, भाषा, भाषीको अधिकार संरक्षण गर्ने बहुलवादमा आधारित लोकतन्त्रको सुदृढीकरण आफ्नो धर्म मानेर काम गर्दा नै संस्थाले राखेका खास लक्ष्य पूरा हुने पनि स्पष्ट गरेका छन्।

प्रकाशित: २०८० फाल्गुण ७ गते सोमबार ०७:१०
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना